८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

पम्फा नेतृत्वको माओवादी नेताहरुको भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता


0
Shares

नयाँ दिल्ली, ८ साउन । पम्फा भुषाल नेतृत्वको भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेताहरुले सोमवार भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डासँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको भेटमा दुई पार्टीबीचको सम्बन्ध सुदृढीकरणका बारे छलफल भएको छ ।

भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सहभागी थिए । भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा माओवादी नेताहरु भारतको छ दिवसीय भ्रमणमा गएका हुन् ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको माओवादी नेताहरुको टोलीले सोमवार नै भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरे । सोमवार नै भारतीय जनता युवामोर्चाका अध्यक्ष तेजश्वी सुर्यासँग माओवादी नेताहरुले भेटवार्ता गरे ।

माओवादी नेताहरुले भाजपा महिला मोर्चाकी उपाध्यक्ष समेत रहेकी सांसद दर्शन सिंहसँग भेटवार्ता गरेका छन् । भेटमा सिंहले महिला मोर्चाको इतिहास र हाल भइरहेका महत्वपूर्ण कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।

आइतवार नयाँ दिल्ली आइपुगेको भ्रमण दलमा माओवादी उपाध्यक्ष भुसाल सहित सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु रामेश्वर यादव र सुरेशकुमार राई सहभागी छन् ।

 

प्रतिक्रिया