८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

ललितानिवास प्रकरणमा प्रचण्ड सरकार झन् आक्रामक, सञ्चारसचिव राउत पक्राऊ


0
Shares

काठमाडौं, २४ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । उनलाई आइतवार त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

सीआईबीले जग्गा हिनामिना प्रकरणमा राउतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । उनीमाथि ललिता निवास प्रकरणका भूमि व्यवस्था मन्त्रालयको अधिकृत हुँदा टिप्पणी उठाएको आरोप छ ।

यो प्रकरणमा पूर्वमन्त्री, पूर्व सचिवहरुका अलावा दुई सयभन्दा बढी पूर्व तथा बहालवाला कर्मचारी, व्यवसायी समेतलाई पक्राउ गर्न प्रहरीले पूर्जी काटिसकेको छ ।

यसअघि भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिवलगायत ३० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचार र अपराधका ठूला घटनाहरुको फाइल खोलेर कारबाही बढाइरहेको छ ।

प्रतिक्रिया