३ आश्विन २०८१, बिहिबार | September 20, 2024

अख्तियारले पत्ता लगाउँदैछ सुनको सुन पित्तको पित्तल


0
Shares

काठमाडौं, १० असार । पशुपतिनाथको जलहरीकाण्ड रोचक मोडमा पुगेको छ । आइतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सुनको जलहरी नापजाँच गर्न पुगेको छ ।

पशुपति मन्दिर परिसरको गर्भगृहमा दुई वर्ष अघि राखिएको १०८ किलो सुन नाप्न अख्तियार टोली आइतबार पुगेको हो । पशुपति क्षेत्र विकास कोषले १०६ किलो सुनमात्रै खपत गरेको भनी उजूरी परेपछि बल्ल अख्तियारले अनुसन्धान बढाएको हो ।

जलहरी पशुपतिनाथको विभिन्न भागमा मिलाएर जडान गरिएको छ । सबै निकालेर नापजाँच गर्नुपर्ने भएकाले भक्तजनलाई निकालेर सीसीटीभी समेत जडान गरी जाँच सुरु गरिएको हो ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चाँदीको साटो सुनको जलहरी राखिएको हो । त्यतिबेला नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड एक लाख ११ हजारमा किनेको थियो ।

पशुपति क्षेत्र विकास कोषले सर्वोच्च अदालतमा पठाएको जवाफमा सोही परिमाणमा सुन खरिद उल्लेख छ । ओली सरकारले जलहरीका लागि मन्त्रिपरिषदबाट घोषणा गरी दिएको थियो । कोषले पनि रकम लगानी गरेको थियो ।

प्रतिक्रिया