८ मंसिर २०८१, शनिबार | November 24, 2024

आदिपुरुष बाहेकको हिन्दी फिल्म प्रदर्शन


83
Shares

काठमाडौं, ८ असार । देशमा आदिपुरुष बाहेकको हिन्दी फिल्म प्रदर्शन भएको छ । शुक्रवार काठमांडू र देशभर हिन्दी फिल्म प्रदर्शन भएको हो ।

हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले शुक्रवारबाट देशभर हिन्दी चलचित्र प्रदर्शन गर्ने जानकारी गराएको थियो । संघका महासचिव नरेन्द्र महर्जनले प्रेस विज्ञप्तिमार्फत् आदिपुरुष बाहेकको हिन्दी चलचित्र आजको मितिबाट प्रदर्शन गरिने उल्लेख गरेका थिए ।

बिहिवार उच्च अदालत पाटनले काठमांडू महानगरपालिकाका मेयर बालेन साहको हिन्दी फिल्म प्रदर्शन प्रतिबन्ध लगाउने कदम रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेश पालना गर्ने भन्दै चलचित्र संघले आजबाट फिल्म प्रदर्शन सुरु गरेको हो ।

आदिपुरुष मा सीता भारतकी छोरी हुन् भन्ने आशयको संवाद राखिएको भन्दै बालेन साहले आइतवारबाट हिन्दी फिल्म प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रिया