८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जिवितै भेटिए (भिडियोसहित)


0
Shares

एजेन्सी, २७ जेठ । कोलम्बियाको जंगलमा विमान दुर्घटना भएको ४० दिनपछि चार बालबालिका जिवितै भेटिएका छन् । उनीहरु दुर्घटनामा बाँचेर बाक्लो जंगलमा लामो यात्रा गरेर जोगिएको खुलेको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यो घटनालाई चमत्कार भनेका छन् । चारैजना बालबालिका आदिवासी समुदायका हुन् र शुक्रवार फेला परे ।

कोलम्बियाको काकिटा र गुआभिआरे प्रान्तमा बालबालिका भेटिए जहाँ नजिकै सानो विमान दुर्घटना भएको थियो । मे १ मा विमान दुर्घटना भएको थियो । जसमा यात्रा गरिरहेका बालबालिकाकी आमा र एकजना पाइलटको ज्यान गएको थियो ।

फेला परेका बालबालिकाहरु १३, ९, ४ वर्षका तीनजना र एक १२ महिनाका छन् । बालबालिकाहरु सानै देखि जंगलबारे जानकार थिए । जसका कारण उनीहरुले आफूलाई जोगाउन सके ।

प्रतिक्रिया