२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

श्रीमतीलाई ल्याउने पुर्याउने भण्डारीले टेकु अस्पतालको क्वाटरमा गरे आत्महत्या


0
Shares

काठमाडौं, २५ जेठ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषले आत्महत्या गरेका छन् ।

सोही अस्पतालमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भण्डारी सरस्वती क्याम्पसमा कार्यरत थिए । प्रहरीको अनुसार उनी पहिला श्रीमतीसँगै क्वार्टरमै बसेका थिए । पछिल्लो समय उनले श्रीमतीलाई अस्पतालमा ल्याइदिने गर्थे ।

तर पछि भने उनी डेरा लिएर बाहिर बस्दै आएका थिए । उनले सुसाइड नोट भने छाडेका छैनन् । पोस्टमार्टमको लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया