३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले भनेः अखण्ड भारतको नक्शा सांस्कृतिक रहेको जवाफ पाएँ


0
Shares

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट स्वदेश फर्किएका छन् । उनी शनिवार साँझ काठमाडौं फर्किएका हुन् ।

चार दिवसीय भारत भ्रमण गरी फर्किएका प्रचण्डले आफ्नो भ्रमण सफल भएको बताएका छन् । उनले भारतसँग विश्वासको वातावरण अझ विकास भएको बताए ।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अखण्ड भारतको नक्शा सांस्कृतिक रहेको जवाफ पाएको बताए । पत्रकारको प्रश्नमा उनले भने, ‘उहाँहरुले सांस्कृतिक नक्शा भन्नुभएको छ ।’

प्रचण्डले भारत भ्रमणबाट विद्युत व्यापार, जलविद्युत क्षेत्रमा ब्रेक थ्रू भएको दाबी गरे । विगतमा थाती रहेका सम्झौता कार्यान्वयनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आफूले मोदीसँग गहन छलफल गरी दुवै देशलाई दीर्घकालीन फाइदा हुने गरी सहमति बनाएको बताए ।

प्रचण्डले भ्रमणका दौरान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक वन टु वन छलफल गरेका थिए ।

प्रतिक्रिया