५ कार्तिक २०८१, सोमबार | October 21, 2024

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर


0
Shares
१. विसं २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०र८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ  ?
 रु। १७ खर्ब ५१ अर्ब ३१ करोड
बजेट : सङ्क्षिप्त झलक
कुल बजेट : १७ खर्ब ५१ अर्ब ३१ करोड
चालु : ११ खर्ब ४१ अर्ब
पुँजीगत :  तीन खर्ब दुई अर्ब
वित्तीय व्यवस्थापन :  तीन खर्ब सात अर्ब
राजस्व :  १२ खर्ब ४८ अर्ब ६२ करोड
वैदेशिक अनुदान : ४९ अर्ब ९४ करोड
वैदेशिक ऋण :  दुई खर्ब १२ अर्ब ७५ करोड
आन्तरिक ऋण :  दुई खर्ब ४० अर्ब
प्रदेश र स्थानीय तहलाई अनुदान
वित्तीय समानीकरण : एक खर्ब ४६ अर्ब
प्रदेश :  ५८ अर्ब ६७ करोड
स्थानीय तह :  ८७ अर्ब ३५ करोड
ससर्त अनुदान : दुई खर्ब २७ अर्ब
प्रदेश :  ३५ अर्ब ७२ करोड
स्थानीय तह :एक खर्ब ९१ अर्ब
समपूरक अनुदान : १३ अर्ब २७ करोड
प्रदेश : छ अर्ब २२ करोड
स्थानीय तह: सात अर्ब पाँच करोड
विशेष अनुदान : १३ अर्ब २३ करोड
प्रदेश : चार अर्ब ३६ करोड
स्थानीय तह : आठ अर्ब ७२ करोड ९६ लाख
राजस्व बाँडफाँट : दुवैलाई गरी एक खर्ब ७३ अर्ब ९२ करोड
बजेटका प्रमुख विशेषता
– आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान
– मुद्रास्फीति ६।५ प्रतिशतमा सीमित राखिने
– संसद् विकास कोष पुनः कार्यान्वयनमा ल्याइने
– सामाजिक सुरक्षा भत्ता यथावत्
– गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गरिने
– औचित्य नभएका २० वटा संस्था खारेज
– प्रोत्साहन भत्ता खारेज, नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने, आगामी वर्ष देशको सार्वभौम मूल्याङ्कन गर्ने
– ‘वाटर फ्रम द हिमालय’ नामले ब्रान्डिङ गरी पानी निर्यात गरिने
– फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिने
– नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गर्ने
– सबै सरकारी भवन एकै डिजाइनका हुने, फरक डिजाइनलाई बजेट नदिने
– नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, एक सय रुपियाँमा दर्ता गर्न सकिने
– एक अर्बभन्दा बढीका कार्यव्रmममा अनुगमन समिति बनाउने
– विद्यालयले दिवा खाजामा जङ्क फुड दिन नपाउने
– ९८ प्रकारका औषधी निःशुल्क गरिने
– आगामी आवमा लगानी सम्मेलन गर्ने
– सूचना प्रविधिमा वैदेशिक लगानीको सिमा हट्यो
– पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामको नाम महिला उद्यम ग्राम
– ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई लालपुर्जा
– वातावरणी मूल्याङ्कन प्रतिवेदन ३० दिनभित्र स्वीकृति दिइने
– दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने
– २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने
– ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको
अनुदानमा निरन्तरता
– नागरिक उड्डयन प्राधिकरण टुक्रयाइने  र नेपाल वायुसेवा निगमको पुनर्संरचना
– आगामी दुई वर्षभित्र शतप्रतिशत जनतामा विद्युत् सेवा पु(याइने
– हुलाक बचत बैङ्क खारेज
– सार्वजनिक संस्थानलाई कम्पनी ढाँचामा सञ्चालन गर्ने
– रेमिट्यान्स बोन्ड जारी गर्ने, बैङ्क खातामा प्यान अनिवार्य
– पथलैया, सिमरा, गण्डक हुँदै वीरगन्जसम्मको कोरिडरलाई बारा पर्सा औद्योगिक कोरिडोरका रूपमा विकास गरिने
– थप १८ हजार चार सय हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गरिने
– नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा
थप गरिने, कुल विद्युत् उत्पादन तीन हजार छ सय मेगावाट पु¥याइने
– प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पु¥याइने
२। गीतकार सङ्घ नेपालले ‘गीतकार वर्ष अमर भावना सम्मान, २०७९’ बाट कसलाई सम्मानित ग(यो 
 दुर्गालाल श्रेष्ठ
– सम्मानस्वरूप एक लाख ५१ हजार रुपियाँ र ताम्रपत्र
प्रदान गरिएको ।
३। सरकारले राष्ट्रिय शिक्षा दिवस कहिले मनाउने निर्णय गरेको छ 
 असोज २
– विसं २०८० जेठ ९ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको ।
– अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ प्रमाणीकरण गरिएको मितिका आधारमा सो दिवस मनाउने निर्णय गरिएको ।
– यसअघि अन्तर्राष्ट्रिय शिक्षा दिवस ९सेप्टेम्बर ८ तारिख० का दिन राष्ट्रिय शिक्षा दिवस मनाइन्थ्यो ।
४। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणका  कहिले त्यसतर्फ जाँदै हुनुहुन्छ ?
 विसं २०८० जेठ १७ (भ्रमण अवधि जेठ १७–२० सम्म)
५। विसं २०८० जेठ ४ मा राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल, २०२३’ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?
 मुना रिजाल
– भरतपुर चितवनकी मुनाले आगामी सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
– विश्वका ५५ देशका सुन्दरीहरूको सहभागिता रहने सो प्रतियोगितामा उहाँले नेपालको सम्पदा झल्कने सङ्क्षिप्त परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ ।
६। फाइनान्सियल एक्सन टाक्स फोर्स ९एफएटिएफ० ले रुसको सदस्यता कहिले रद्द गरेको हो ?
 सन् २०२३ फेब्रुअरी
– युक्रेनमा रुसले गरिरहेको सैन्य कारबाही एफएटिएफको आधारभूत सिद्धान्तविपरीत भएको सदस्यता रद्द गरेको हो ।
– युक्रेन  युद्धका कारण अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । यसपछि रुसले आफ्नो अर्थतन्त्र कायम राख्न चीन, भारत, ताइवान जस्ता देशसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । यदि एफएटिएफले रुसलाई कालो सूचीमा राखेमा यी देशलाई पनि रुससँग व्यापार जारी राख्न निकै कठिन हुने छ । यसले रुसी अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ ।
७। विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार ९सन् २०२३० प्राप्त गर्ने नेपाली संस्था कुन हो ?
 निक साइमन्स इन्स्टिच्युट
– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा निक साइमन्स इन्स्टिच्युटले सो पुरस्कार प्राप्त गरेको हो ।
– पुरस्कार राशि २० हजार डलर रहेको छ ।
– विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष विश्वमा रहेका मानिसको स्वास्थ्य सुधार्न उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।
८। मिस नेपाल वल्र्ड, २०२३ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?
 श्रीच्छा प्रधान
– मिस नेपाल विजेता प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डिएचआई’ क्याटेगोरीमा पनि अवार्ड जित्नुभयो ।
– रैना मजगैँयाले ‘मिस नेपाल अर्थ’ को उपाधि हात पार्नु भएको थियो ।
– त्यस्तै प्रसिद्धि शाहले ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि जित्नु भयो ।
९। सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङकी आरोही को हुनुहुन्छ रु
 सङ्गीता रोकाया
– साइपाल गाउँपालिका–४ की रोकाया छाउपडी प्रथा अन्त्यको सन्देशसहित विश्वको सर्वोच्च शिखर पुग्नुभएको हो ।
– उहाँले विसं २०८० जेठ ३ मा सगरमाथा आरोहण गर्नुभएको थियो ।
१०। बिमा समितिलाई कहिले ‘नेपाल बिमा प्राधिकरण’ मा रूपान्तरण गरिएको हो रु
 विसं २०७९ कात्तिक २२ ९बिमा ऐन, २०७९ अनुसार०
११। भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड, २०२३’ बाट सम्मानित नेपाली कलाकार को हुनुहुन्छ रु
 निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेतृ करिश्मा मानन्धर
– लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो ।
– भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फउन्डेसन’ ले यो अवार्ड प्रदान गरेको हो ।
१२। विसं २०८० जेठमा काभा वुमन्स च्यालेन्ज कपमा नेपालले कुन स्थान हासिल गरेको हो?
 तृतीय
– उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक तेस्रो स्थानमा सीमित बनेको ।
१३। नेपाल हरित हाइड्रोजन सम्मेलन कहिले सम्पन्न भएको हो ?
 विसं २०७९ आश्विन २४–२५
– ९नारा स् नेपाल हरित हाइड्रोजन सम्मेलन, पग्लँदै गरेको हिमालका लागि एन्टिडोट०
१४। सातौँ कृषि गणना कहिले सम्पन्न भएको हो रु
 विसं २०७९ वैशाख ६ देखि जेठ १९ सम्म
१५। काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई नयाँ संरक्षण क्षेत्र कहिले तोकिएको हो ?
 विसं २०७९ असार २
– यससँगै नेपालमा संरक्षित क्षेत्रको सङ्ख्या सात पुगेको छ ।
– विसं २०७९ जेठ ३१ को मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।
१६। नुवाकोटस्थित नेपालकै ठुलो सौर्य उत्पादनको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७९ भदौ १० ९२५ मेवा०
१७। विसं २०८० जेठ १४ मा सार्वजनिक आर्थिक सर्वेक्षण, २०७९र८० अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति वटा छन् ?
 २५ वटा
– ४४ वटा संस्थानमध्ये २५ वटा नाफामा रहेका छन् ।
१८। आर्थिक सर्वेक्षण, २०७९र८० अनुसार २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या कति रहेको छ ?
 ५३ लाख ४१ हजार १७८
– जसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४।६ प्रतिशत, व्यावसायिक लेखा नम्बर लिने ३४।९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०।५ प्रतिशत छ ।
– यसै गरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता तीन लाख सात हजार ७१० पुगेको ।
– अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख २० हजार २९२ पुगेको ।
गोरखापत्रबाट

प्रतिक्रिया