१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन २१ गते, राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गर्ने तयारी


November 5, 2026
332
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन आगामी कार्तिक २१ गते शनिबार गर्ने भएको छ।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्यताका साथ सफल पारौँ’ भन्ने नारासहित आयोजना हुन लागेको अधिवेशन राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुनेछ।

‘अग्रजको अनुभव, युवाको ऊर्जा’ भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको अधिवेशनले पार्टीको संगठनात्मक गतिविधि र आगामी १५औँ महाधिवेशनको तयारीलाई थप गति दिने आयोजक पक्षको अपेक्षा छ।

अधिवेशनका लागि जयकृष्ण महर्जनलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ। आयोजकले पार्टीका नेता, कार्यकर्ता, क्षेत्रीय तथा स्थानीय तहका प्रतिनिधि र शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशन भव्यताका साथ सफल बनाउन आह्वान गरेको छ।

कार्यक्रम विवरण :

मिति: २०८३ कार्तिक २१ गते, शनिबार

समय: दिउँसो १ बजे

स्थान: राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, भृकुटीमण्डप, काठमाडौं

नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विभिन्न समूहले आ–आफ्नो संगठनात्मक गतिविधि अघि बढाइरहेका बेला देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशनलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।

प्रतिक्रिया