३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चीनबाट खोसेर भारतलाई दिने प्रचण्डको चाल


0
Shares

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अघि चार्तुयता देखाएका छन् । उनले भारतलाई रिझाउन जलविद्युतसम्बन्धी सम्झौताको तयारी मात्र गरेका छैनन् चिनियाँ पक्षसँग भएको आयोजना सम्झौता रद्द गर्ने प्रक्रिया बढाएका छन् ।

लगानी बोर्डको बैठक डाकेर त्यसका लागि महत्वपूर्ण निर्णय लिएको छ । आइतवार विहान लगानी बोर्डको बैठकले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीए गर्ने निर्णय गरेको छ ।

भ्रमणका क्रममा ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणका लागि नेपाल र भारतबीच द्वीपक्षीय सम्झौता एमओयू हुने तय भएको छ ।

नेपालले आगामी २५ वर्षसम्म भारतलाई विद्युत बेच्ने सम्झौताको तयारी भएको छ । नेपालले यो वर्ष भारतलाई विद्युत बेच्न थालिसकेको छ । १३ जेठमा नेपालले भारतलाई विद्युत विक्री गरेको हो । प्रधानमन्त्री प्रचण्ड १७ बाट २० जेठसम्म भारत भ्रमण गर्दैछन् ।

यसैगरी, ६७९ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबाट चिनियाँ कम्पनी पावर चाइनालाई हटाउने प्रक्रिया बढाइएको छ । लगानी बोर्डको आज बसेको बैठकले पावर चाइनालाई काम अघि नबढेकोमा स्पष्टिकरण सोध्ने निर्णय लिएको छ । यो तमोर चिनियाँ कम्पनीबाट खोसेर भारतीय कम्पनीलाई दिने रणनीति हो ।

भारतले विद्युत व्यापार सम्झौता नभएका देश सहभागी विद्युत उत्पादन खरिद नगर्ने नीति नै बनाएको छ । यसकारण नेपालमा चिनियाँ लगानीको विद्युत भारतले खरिद गर्दैन ।

प्रतिक्रिया