३ मंसिर २०८१, सोमबार | November 18, 2024

रास्वपालाई पैसा नदिएको ढाकाकुमार श्रेष्ठको स्पष्टोक्ति


0
Shares

काठमाडौं, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नदिएको स्पष्ट पारेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै श्रेष्ठले भ्रामक तथ्यहिन समाचार सम्प्रेषण गरेको खण्डमा आफै कानुनी प्रक्रियामा जान बाध्य हुने पनि चेतावनी दिएका हुन् ।

केही मिडियाहरुले गत जेठ १० गते सम्प्रेषण गरेको समानुपातिक सांसद बन्न ३ करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने समाचार आधारहिन भएको समेत उनको दाबी छ ।

यस्ता आधारहिन समाचारले आफ्नो नैतिक समस्या पार्ने काम गरेको भन्दै उनले तथ्यहिन समाचार सम्प्रेषण नगर्न पनि मिडियाहरुलाई आग्रह गरेका छन् ।

‘२०८० र ०२ र १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’–विज्ञप्तीमा उनले लेखेका छन्

प्रतिक्रिया