कस्तो रहला आजको मौसम ?
काठमाडौं,१३ वैशाख । आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई भागका एकरदुई स्थानमा पनि वर्षा हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।
