८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपालीपेनको प्रभावः बिचौलियाहरू धमाधम कानुनी फन्दामा पर्दै


332
Shares

काठमाडौं । पछिल्ला वर्षहरूमा मौलाउँदै गएको बिचौलिया अर्थ–राजनीतिमाथि ठूलो प्रहार भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले प्रभावशाली व्यवसायी दीपक भट्टलाई पक्राउ गरेसँगै अर्बौं रुपैयाँको आर्थिक अनियमितताको जाल खुल्न थालेको हो।

अनुसन्धानका क्रममा भट्टले हिमालयन रि–इन्स्योरेन्स र यससँग सम्बन्धित सहायक कम्पनीहरूको करिब ३ अर्ब ८१ करोड रुपैयाँ दुरुपयोग गरी अन्य कम्पनीहरू—विशेषतः नेपाल रि–इन्स्योरेन्स—को सेयर खरिद गरेको पुष्टि भएको छ। बिमा प्राधिकरणको विस्तृत छानबिनपछि उक्त अनियमितता प्रमाणित भएसँगै कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभागमा सिफारिस गरिएको थियो।

यसैबीच,नेपाली पेन डटकममा “लोकतन्त्रभित्र मौलाउँदै गएको बिचौलिया अर्थराजनीति” शीर्षकको समाचार सार्वजनिक भएपछि घटनाले थप गति लिएको हो । लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले पछिल्लो दशकमा शक्तिशाली बिचौलियाहरूले सरुवा–बढुवा, नियुक्ति र बजेट निर्माणसम्म प्रभाव पारिरहेको गम्भीर आरोप लगाएका थिए।

यो पनि पढ्नुहोस् लोकतन्त्रभित्र मौलाउँदै गएको बिचौलिया अर्थराजनीति

भट्ट भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। उनले अदालतमा दिएको बयानअनुसार, आफ्नो नजिकका व्यक्तिहरूले धोखाधडी गर्दै आफ्नो नाम र टीएमएस प्रयोग गरेर कारोबार गरेको दाबी गरेका छन्। साथै, सेयर किनबेचमा संलग्न ब्रोकरलाई समेत नचिनेको उनले बताएका छन्।

रायमाझीले अझै गम्भीर आरोप लगाउँदै भट्ट संलग्न रहेको भनिएको नेपाली सेनाको हेलिकप्टर खरिद प्रकरणमा ठूलो भ्रष्टाचार भएको दाबी गरेका छन्। यस विषयमा थप अनुसन्धान गर्न सम्बन्धित निकायलाई उनले आग्रह गरेका छन्।

यो घटनाले नेपालमा वर्षौंदेखि जरा गाडेको बिचौलिया प्रणालीमाथि प्रश्न उठाउँदै कानुनी कारबाहीको दायरा अझै फराकिलो हुने संकेत दिएको छ।

कुख्यात बिचौलियाको रूपमा चर्चित र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन पनि तानिएको छ ।

 

 

प्रतिक्रिया