२९ पुस २०८२, मंगलबार | January 13, 2026

पुरानै विधानअनुसार विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन गरिदै


January 13, 2026
83
Shares

काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने भएको छ । संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

कांग्रेसको पुरानै विधानमा भएका पद क्रमअनुसार नै उम्मेदवार मनोनयन र मतदान प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यहरूको लागि मतदान हुनेछ ।

 

प्रतिक्रिया