६ पुस २०८२, आइतबार | December 21, 2025

अब पनि सच्चिएनौ भने हामी नोकरकै रुपमा स्थापित हुनेछौ : संजिव गुरुङ्ग


December 21, 2025
0
Shares

संजिव गुरुङ्ग । अब यो देशको सचेत नागरिकहरू राजनीतिक दलबाट टाढा भई क्षमतावान व्यक्तिहरु स्वतन्त्र रुपले चुनावी प्रतिस्पर्धामा उत्रिनै पर्छ । जब जनताको मत प्राप्त गरी विजय भइन्छ तब सम्पूर्ण ती स्वतन्त्र व्यक्तिहरु एक ठाउँमा उभिई पार्टी निर्माण गर्नु पर्दछ ।

अनि मात्र जनताको मतको सम्मान हुनेछ र यो देश फरक ढाँचामा चल्नेछ। यदि राजनीतिक दलको पछि लाग्यो भने २००७ सालपछिको इतिहासलाई ८२ सालसम्म हेर्दा हरेक पार्टी र पद्धतिहरू जनहितमा नभई आफ्नो स्वार्थ पूरा गर्न प्रतिशोधको राजनीति गरेको यथार्थ रुपमा छर्लङ्ग देखिन्छ।

आज पनि फेरि राजनीतिक दलमा आबद्ध भई एकले अर्कालाई सकाउने खेलमा लाग्यो भने जो सत्तामा पुग्नेछ उसैले फेरि आफू अनुकूलको नीति बनाउनेछ र अरुलाई दमन गर्ने नीति अपनाउनेछ यसबाट आम नागरिक र सर्वसाधारण ले न्याय पाउने छैन अझ हामी गरिबीको रेखामुनि अझै तल झर्नेछ आज हामी मानसिक रुपमा सचेत नहुँदा पार्टीको झण्डाबोकी पार्टीको अग्रपंक्तिमा उभिएका भ्रष्ट दलालहरुलाई संरक्षण गर्दै गर्दा भ्रष्टहरूको विषयमा आवाज उठाउँदै गर्दा आज यही समाजका नयाँ पुस्ताहरु विभिन्न ए–आइ सिस्टमहरूलाई प्रयोग गरी एकअर्कामा गाली गलोज गर्न तल्लिन देखिन्छ। बन्देजको राजनीति अहमताको राजनीतिले आज समाज कुरुपतातिर गएको यथार्थ हो।

अब पनि सचिएनौ भने हामी नोकरकै रुपमा स्थापित हुनेछौ अब सम्पूर्ण सचेत नागरिकहरू स्वदेशमा रहेका होस् या विदेशमा भएका होस् एक पंक्तिमा उभीई राष्ट्रहित र जनहितमा काम गर्ने बेला आएको छ नत्र राजनीतिक दलको खिचातानीले शान्तिभूमि नेपाल बंगलादेश जस्तै बन्दै सुडान बन्नेछ आज हामीले गर्वका साथ भन्नुपर्छ पुराना दलका रूपमा स्थापित कांग्रेस एमाले माओवादी होस् या मधेवादी दल या नयाँ जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टी होस् या ८२ मा जन्मिन खोजेका माटो होस् या त उज्यालो यी सबै भ्रष्टाचारीहरुको एक जालो हो ।

यिनीहरु फेरि आफ्नो अहमता देखाउँदै एकले अर्काको अस्तित्वलाई स्वीकार नगरी गालीगलौजको बाटोमा नारा जुलुस गरी उत्रिएको छ। अब यसरी नै जाति अनुसारको पार्टी व्यक्ति अनुसारको फरक पार्टी निर्माण गर्दै जाने हो भने यो देश गृह युद्धमा जाने पक्का छ त्यसैले आज हामी संयम हुने कि त्यसैले पार्टी र पद्धतिमा नलागेका स्वतन्त्र व्यक्तिहरू स्फूर्त रूपले प्रतिस्पर्धामा आउन जरुरी देखिन्छ ।  अब यी भ्रष्टहरुले बनाएको राजनीतिक दलको जालो सक्षम र यो समाजको युवा पुस्ताले तोड्ने बेला आएको छ। त्यसैले संयम भई स्वतन्त्र युवाहरु आज देश र जनताको हितमा उभिने बेला भएको छ । जय देश

प्रतिक्रिया