१७ मंसिर २०८२, बुधबार | December 3, 2025

गगनले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक


December 3, 2025
83
Shares

काठमाडौं । महाधिवेशनको मिति तोकिएसँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएका छन् ।

क्रियाशील सदस्यताको विषय टुंग्याउन बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी महामन्त्री थापाले बैठक बोलाएका हुन् ।

केन्द्रीय समिति सोमबार बसेको बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।

थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य रहेका छन् ।

प्रतिक्रिया