२ मंसिर २०८२, मंगलबार | November 18, 2025

पटक–पटक किन पक्राउ पर्छन् दुर्गा प्रसाई ?


November 18, 2025
83
Shares

काठमाडौँ,२ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई पटक–पटक पक्राउ पर्दै आएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले

मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए । सोमबार मध्यराति प्रसाईं भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परे।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ।

आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया