‘कांग्रेस फाल्गुन २१ गतेको निर्वाचनलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ’
नेपाली कांग्रेसले २०८२ फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रविन्दुमा राखेर आफ्नो सम्पुर्ण गतिविधि संचालन गर्नु पर्छ ।
विषम परिस्थितिजन्य बाध्यताले सीधा बाटोबाट अलिकति अलग हुन बाध्य भएको नेपालको संविधानलाई चुनावले मात्रै मूलबाटोमा ल्याउन सक्छ ।
यसर्थ, नेपाली कांग्रेसको अहिलेको लक्ष्य – चुनाव, चुनाव र चुनाव नै हुनु पर्छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति देखि वडा कार्य समितिसम्मका सबै तहहरु तन, मन र वचनले चुनावको तयारीमा लाग्नु पर्छ ।
चुनावले मात्रै बहुलवादमा आधारित बहुदलिय लोकतन्त्रलाई जीवित राख्न सक्छ र चलायमान बनाउन सक्छ ।
प्रतिनिधि सभा पुर्नबहालीको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको निर्णय नेपाली कांग्रेसलाई स्विकार्य हुन्छ ।
१। नेपाली कांग्रेसले प्रतिनिधि सभा ९प्रत्यक्ष र समानुपातिक तर्फ०, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरुको निर्वाचनमा अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनु पर्छ । पार्टीमा राजनीतिक न्याय, राजनीतिक सुरक्षा र राजनीतिक अवसरको समान र न्यायोचित वितरण हुन्छ भन्ने व्यवहारिक विश्वास र अनुभूति हुनु पर्छ ।
२। नेपाली कांग्रेसको विधानको धारा ९२३० अनुसार गठन हुने केन्द्रीय कार्य सम्पादन समितिलाई पुर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु ९५०५ पुरुष र ५०५ महिला०लाई मनोनित गर्नु पर्छ ।
३। नेपाली कांग्रेसको विधानको धारा ३१ को उपधारा १९घ० अनुसार गठन हुने केन्द्रीय संसदीय समितिलाई पुर्णता दिनु पर्छ र यसमा अहिलेसम्म कुनै पनि अवसर नपाएका युवाहरु ९५०५ पुरुष र ५०५ महिला०लाई मनोनित गर्नु पर्छ ।
४। नेपाली कांग्रेसले १६५ प्रतिनिधि सभा, ३३० प्रदेश सभा र ७५३ स्थानीय तहको निर्वाचनमा एक्लै आफ्नो उम्मेदवार लिएर चुनावमा जानु पर्छ । अन्य कुनै पनि दलसंग प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु हुंदैन ।
५। तर, राष्ट्रिय सभा, राष्ट्रपति र उप(राष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसले आवश्यक अवस्थामा आवश्यकता अनुसार अन्य दलहरुसंग गठबन्धन गर्न सकिने ढोकालाई पनि खुल्ला राख्नु पर्छ ।
६। नेपाली कांग्रेसले या त प्रतिनिधि सभामा आफ्नो एकल बहुमत नआए सम्म सरकार गठन नगर्ने वैधानिक व्यवस्था गर्नु पर्छ । या त प्रतिनिधि सभामा पार्टीको एकल बहुमत नरहेको अवस्थामा सरकार निर्माणको क्रममा अन्य दलहरुसंग आवश्यकता अनुसार गठबन्धन गर्न सकिने विकल्पलाई पनि खुल्ला राख्ने निर्णय गर्नु पर्दछ ।
गठबन्धनको विषयमा मौसम अनुसार बोल्ने र मुड अनुसार बोली परिवर्तन गरिरहने प्रवृतिलाई रोक्ने वैधानिक व्यबस्था पार्टीले गर्नु पर्छ । कल्याण गुरुङ्ग


