२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

देउवाको सासु ससुरा बस्ने घरमा सीआईबी पुग्दा के–के भेटियो ?


September 29, 2025
1.2k
Shares

काठमाडौं,१३ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सासुससुरा बस्ने घरमा पनि छापा मारेको छ । आइतबार देउवा पत्नी आरजु राणाको भाइ भुषण राणा र बुवा आमा बस्ने छुट्टाछुट्टै घरमा छापा मारेको हो ।

सीआईबीले छापा मार्ने क्रममा भुषण घरमा थिएनन भने आमा बुवा घरमै थिए । देउवाको ससुराली ललितपुर महानगरपालिका वडा नं ४ मा पर्छ ।

शंकास्पद नगद र अन्य केही कागजात भएको सुचनाको आधारमा छापा मारेको भएपनि खानतलासी गर्दा त्यस्ता कुनै पनि चिज नभेटिएको प्रहरीले जनाएको छ । सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्कासमेत उठाएको छ ।

राणा केपी शर्मा ओली नेतृत्वको सरकारबाट भएका विभिन्न ठेक्कापट्टामा संलग्न रहेको र गैरकानूनी सम्पत्ति आर्जनको चर्चामा थिए । ओली सरकार ढलेपछि बनेको नयाँ सरकारले उनको घरमा छापा मारेपछि तरंग आएको छ ।

भुषण राणा भने विदेशमा छन् । उनी भुटानी शरणार्थी प्रकरणमा पनि मुछिएका थिए । विगतमा अनुसन्धान रोकिएकोमा नयाँ सरकारले आरजु राणा र भुषण राणा दुवैमाथि छानविन बढाएको छ ।

 

प्रतिक्रिया