साउदी-पाकिस्तान सम्झौताको रहस्य

विपिन देवः भारत विभाजनपश्चात पाकिस्तान विश्व भू–राजनीतिमा आफूलाई इश्लामिक संसारको मसियाहाको रुपमा घोषणा गर्दै आएको छ । कतारमा पाकिस्तानले आफ्नो आणविक कार्यक्रमलाई समेत इश्लामसँग जोड्न पछि परेन । आफ्नो आणबिक अस्त्रलाईसमेत इश्लामिक अस्त्रको रुपमा नामाकण गरे । भखरै इजरायलद्वारा हामासमाथि आक्रमण गर्दा मध्य एशियाको सुरक्षा प्रणाली र सुरक्षा पद्धतिमा नै प्रश्नचिन्ह लाग्यो । अर्थात कतार अमेरिकाको सुरक्षा कवचमा रहेतापनि इजरालद्वारा कतार माथि आक्रमण गरियो । यो भन्दापूर्व पनि इरानद्वारा कतार माथि आक्रमण गरिएको थियो । संसारमा धेरै मूलुकहरु अमेरिकी सुरक्षाकवचमा (सेकुयूरिटी एलाई) रहेका छन् ।
अष्ट्रेलिया, जपान, साउदी अरेवीया, दक्षिण कोरियालगायत यूरोपेली युनियन समेत अमेरिकी सुरक्षा कवचमा रहेको छ । नाटो को अवधारणा यही पृष्टभूमी सँग जोडिएको छ । साउदी अरेबिया आफ्नो आर्थीक सार्मथ्यको कारण मध्य एशियामा अब्बल मुलुक रहेको छ । साउदी राजकुमार प्रिन्स सलमानको नेतृत्वमा साउदी अरेबिया आधुनिककरणको यात्रामा समेत रहेको देखिन्छ । भखरै सन् २०२५ सेप्टेम्बर १७ मा साउदी अरेबियाका शक्तिशाली राजकुमार मोहम्मद विन सलमान र पाकिस्तानका प्रधानमन्त्री सहवाज सरीफबिच रिहादमा एक महत्वपूर्ण सम्झौता भएको छ । सुरक्षा सम्बन्धी उक्त सम्झौतालाई प्रजातान्त्रिक मुलुकहरुको छापाखानाहरुले उच्च महत्व दिए ।
सम्झौताको प्रारुप नाटोको प्रतिबद्धता जस्तै देखिन्छ । साउदी अरेबियालाई सुरक्षा प्रत्याभूत गराउने जिम्मा पाकिस्तानले लिएको देखिन्छ । साउदीमाथि आक्रमण भएको खण्डमा पाकिस्तानले आफूमाथि अक्रमण भएको र पाकिस्तानमाथि आक्रमण भएको खण्डमा साउदी अरेबियाले आफूमाथि आक्रमण भएको ठान्ने छन् । भु राजीतिक दुष्टिकोणले उक्त सम्झौता धेरै पेचिलो देखिन्छ । इतिहासको आरोह र अवरोधमा पाकिस्तान र भारत विच पटक पटक युद्ध भएको छ । सन् १्र९४९, सन १९६५, सन् १९७१ जस्ता रेखांकित गर्ने अनेकौँ युद्ध भएका छन् । भखरै पाकिस्तान विरुद्ध भारतले अपरेशन सिन्दुर परिचालित भएको थियो । अप्रेसन सिन्दुरमा ट्रकी बाहेक कुनै पनि इश्लामिक राष्ट्रहरुको हस्तक्षेपकारी भूमिका देखिएको थिएन । वर्तमान परिवेशमा साउदी अरेबिया र पाकिस्तानबीच भएको सम्झौताले साउदी अरेवीया र भारत विचको सम्बन्धलाई कसरी दिशानिर्देश गरिन्छ भन्ने मौलिकप्रश्न रहेको छ ।
सन् २०१४ देखि हालसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरेबियाको सम्बन्धलाई उच्च महत्व दिएको देखिन्छ । साउदी अरेबियाको जनजीवनमा भारतीय प्राविधिक र कामदारहरुको सहभागिता रहेको छ । एक अध्ययनअनुसार ३० लाख भारतीयहरु साउदीमा कार्यरत छन् । भारतमा साउदी अरेबियाको लगानी अधिक रहेको छ । हरित उर्जा, कृषी, प्रविधि जस्ता अनेकौँ क्षेत्रहरुमा साउदीको भारतमा लगानी रहेको छ । साउदी अरेबियाका खाद्यान्न, सफ्टवेयर, टेक्सटायल जस्ता अनेकौँ वस्तुहरु भारतबाट आयातित भएको हुन्छ ।
साउदी अरेबिया र पाकिस्तानबीच भएको सम्झौताको कसीमा भारत र साउदी अरेबियाको समन्वयको रुपरेखाको बारेमा विभिन्न कुटनीतिक आयामहरु रहेको छ । वास्तवमा पाकिस्तान आर्थिक संकट हुँदै दुर्घटनाको संघारमा रहेको छ । सिपेक जस्ता गुरुयोजनाको व्याजतिर्न समेत पाकिस्तानलाई हम्मे हम्मे भएको छ । चीनसँग प्रगाढ सम्बन्ध भएको बिगुल फुक्दा फुक्दापनि पाकिस्तानलाई १८ औँ पटक अन्तराष्ट्रिय मुद्धा कोषलाई गुहार्नु परेको छ । साउदी अरेबिया आर्थिक रुपले समृद्ध मूलुक रहेको छ ।
६० को दशक देखिनै पाकिस्तानलाई आर्थीक भरथेक साउदी अरेबियाले गर्दै आएको छ । मध्य एशियामा साउदी अरेबियाले बारम्बार यमनमाथि गरेको सैनीक आक्रमणप्रति अरु इश्लामिक राष्ट्रहरुको समर्थन भएको देखिदैन । आर्थिक रुपले साउदी अरेबिया अब्बल भएतापनि सैन्य रुपले सामथ्र्यवान भएको देखिदैन । बारम्बार आतंकवाद घोषित हुथी विद्रोहीको तारो भएको साउदीले बिद्रोहीहरुलाई लगाम लगाउन सकेन । अर्थात साउदी अरेबियासँग सैन्य सामथ्र्य रहेको देखिदैन । कुटनीतिका जारकारहरुले साउदी पाकिस्तानको गढजोड र गठबन्धनलाई उपहास गरेका छन् । हरेक युद्धमा पराजय भोगेका पाकिस्तानका सैन्य दस्ताले साउदी अरेबियालाई सु्रक्षा प्रत्याभुत गर्नुजस्ता सम्झौतालाई उपहासको विषयको रुपमा व्याख्या गरिन्छ । पाकिस्तानका सैनीकले पाकिस्तानमा भईरहेको घरेलु बिद्रोहलाई निस्तेज गर्न असफल भएको देखिन्छ । बेलुचिस्तानमा भइरहेको बिद्रोह यसको प्रतिनिधि उदाहरण हो ।
पाकिस्तानमा भईरहेको तहरिके तालीवान आन्दोलनलाई समेत पाकिस्तानी सैनीकले नियन्त्रण गर्न सकेको छैन । संसारमा सबैभन्दा अधिक आतंकवादी गतिविधि पाकिस्तानमा भइरहेको अवस्थामा पाकिस्तानी सैनीकहरुले पाकिस्तानमा अमन र चयन कायम गर्न असफल भएको देखिन्छ । अर्थात घरेलु मामिलामा असफल सैन्य शक्तिले साउदी अरेबियाको सुरक्षा प्रत्याभूत साउदी अरेबियाको सूरक्षा प्रत्याभूत गर्नु आफैमा प्रश्न रहेको छ । आफगानीस्तानबाट सोभियत संघलाई धपाउन अमेरिकाले पाकिस्तानी सैनिकको भरपूर प्रयोग गरेका थिए भने विन लादेनलगायत अमेरिकी बिरोधीहरुलाई तारो बनाउन पाकिस्तानको सैनिकहरुलाई पुर्ण रुपले प्रयोग गरेका थिए । वर्तमान परिवेशमा ट्रम्पको लप्फाबाजी भएतापनि पाकिस्तानसँग अमेरिकाको भू रणनितिक स्वार्थ रहेको देखिदैन । साउदी अरेबियासँग सम्झौताको कुर्सीमा फसेकाृ पाकिस्तानले इरानसँगको सम्बन्धमा पुनः विचार गर्नुपर्ने हुन्छ । सिया र सुन्नीविच राजनीतिक र रणनितिक कित्ताकाट भएकामध्य एशिया साउदी अरेबियाको सुरक्षा साझेदार हुनु पाकिस्तानको लागि लाभदायी नहुने जानकारहरुको आकलन रहेको छ ।