५ आश्विन २०८२, आइतबार | September 22, 2025

सिनियर जोशीलाई पन्छाएर कार्कीलाई गुप्तचर प्रमुख


September 21, 2025
415
Shares

काठमाडौं, ५ असोज । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । वरियतामा माथि रहेका निमित्त प्रमुख ओम जोशीलाई पन्छाएर सुशीला कार्की नेतृत्वको सरकारले कार्कीलाई नियुक्त गरेको हो ।

हुतराज थापाको कार्यकालमा पनि जोशी प्रमुखको दाबेदार थिए । तर, थापाले बाजी मारेका थिए । २८ भदौ देखि रिक्त पदमा जोशी निमित्त थिए । तर, उनी प्रमुख बन्न पाएनन् ।

सुदूरपश्चिम घर भएका जोशी विभागभित्र सादा जीवनयापन गरेर संगठनमा सक्रिय अधिकृतका रुपमा परिचित छन् ।

विगतमा नेपाल प्रहरीका आइजीपीमा वरियतामा माथि रहेका नवराज सिलवालको पक्ष लिंदा सुशीला कार्कीले महाभियोगको समेत सामना गर्नुपरेको थियो । तर, उनी प्रधानमन्त्री हुँदा गुप्तचरमा वरियतालाई ध्यान दिइएन ।

प्रतिक्रिया