६९ वर्षमा क्यान्सर १०३ वर्षमा पनि तन्दुरुस्त

एजेन्सी, ३१ भाद्र । ६९ वर्ष हुँदा माइक फ्रिमोन्टलाई क्यान्सर भएको पत्ता लागेको थियो । उनी केही महिना मात्र बाँच्छन् भनियो ।
माइक विचलित भएनन् । उनी खानपान, चालचलन, आराम र व्यायाममा लागे । उनले क्यान्सरलाई मात्र जितेनन् युवावस्थाको खेलाडी जस्तै तस्दुरुस्त भए । उनको परिश्रमले भरिएको जीवनयात्रा जादूमय भन्नेहरु थिए । तर, त्यो दैनिक चालचलन थियो जसले उनको जीवनलाई रुपान्तरण गर्यो ।
माइकको खानपान नै औषधी भयो । उनी खैरो चामल र वाफले पकाइएको तरकारी, गेडागुडी र समुन्द्र खाना खान्थे । चिनी, दुग्ध पद्धार्थ र मासु निकै कम खान्थे । शरीरलाई नोक्शान पुग्ने खाना कमै खान्थे ।
व्यायाममा उनी विशेष ध्यान दिन्थे । ९८ वर्षसम्म दैनिक १० माइल दौडन्थे । उनी दैनिक ४८ पटक भर्याङ चढ्ने गर्दथे । दैनिक डुंगा चलाएर रमाइलो गर्दथे । जुन व्यायाम मात्र नभई जीवनशैली थियो ।
माइक गहिरो निन्द्रा लिन्थे । दैनिक ८ देखि ९ घण्टा सुत्थे । उनी राति चाँडै सुत्ने र विहान चाँडै उठ्थे । गहिरो र पर्याप्त निन्द्राले कोषहरु पुनः सुध्रन्थ्यो र मस्तिष्कलाई राम्ररी काम गर्न सक्ने बनाउँछ ।
माइक सफा मात्र खाँदैनथे सफा ठाउँमा बस्थे । उनी खानेकुरा आफै उब्जनी गर्दथे । शुद्ध पानी पिउँथे, केमिकल रहित खानेकुरा खान्थे र बढी समय घरबाहिर बस्थे । प्रकृति उनका लागि औषधी बन्यो । विज्ञानले पनि नियमित हरियाली खाली ठाउँमा रहँदा रोगसँग लड्ने क्षमता बढ्ने र हर्मोनको तनाव कम गर्ने पत्ता लगाएको छ ।
माइकले जीवनलाई अनुशासनमा राखे । उनी प्रकृतिसँग रमे औषधी सेवनको साटो । उनी निरन्तर र सुस्त अभियानमा लागे जसले निरन्तरको परिवर्तन पनि गरायो ।
उनले गोप्य आहार र गोप्य अतिरिक्त आहारमा गएनन् । जीवनलाई प्रकृतिसँग जोडे । उनको जीवनयात्रा कुनै जादू भन्दा आनीबानीसँग सम्बन्धित रह्यो जसले उनलाई तन्दुरुस्त बनाइरहेछ ।