सेनाले समात्यो लुटेरा
काठमाडौं, २५ भाद्र । नेपाली सेना गएराति १० बजेबाट सक्रिय भएको छ । सेनाले चेतावनी दिदै १० बजेपछि सुरक्षा स्थिति सम्हाल्ने भनेको थियो । यसपछि लुटपाटमा संलग्नहरु धमाधम पक्राउ परेका छन् ।
काठमाडौं र भक्तपुरका विभिन्न इलाकाहरुमा लुटपाट गर्नेहरुलाई सेनाले समातेको छ । नेपाली सेनाले लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् ।
राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकामा लुट्न सक्रिय उनीहरु नियन्त्रणमा परेका छन् ।