इम्बोस्ड नम्बर प्लेट विरुद्ध जाग नेपाली सडक आन्दोलनमा, नयाँ बानेश्वरमा दिउँसो कार्यक्रम

काठमाडौं, ११ भाद्र । नेपाली भाषा नामेट पार्ने दीर्घकालिन योजना अन्तर्गत ल्याइएको इम्बोस्ड नम्बर प्लेट खारेज गर्न आन्दोलनमा रहेको जाग नेपालीले आजबाट सडक आन्दोलन सुरु गर्ने भएको छ । जाग नेपालीका संयोजक डा. दीपेश केसीले विज्ञप्तिमार्फते आज बुधबार दिनको १२ बजे नयाँ बानेश्वरको एभरेष्ट होटल नजिकै शान्तिपूर्ण आन्दोलन हुने बताए ।
डा. केसीले आफूहरुको ७ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनले देशघाती कदमविरुद्ध सिंगो देश एकजुट भएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा संलग्न भ्रष्ट र देशघातीहरुलाई कडा कारबाही गर्नुपर्ने समेत बताए ।
जाग नेपालीले इम्बोस्ड नम्बर प्लेट विरुद्ध आन्दोलन सुरु गरेपछि देशव्यापी विरोध चर्केको छ । सरकारले भ्रम फैलाएर प्लेट राख्ने वाध्यतालाई कायमै राखेको छ ।