२ भाद्र २०८२, सोमबार | August 18, 2025

प्रधानसेनापति सिग्देललाई भारतका विदेश सचिव मिश्रीले गरे सहयोग हस्तान्तरण


August 18, 2025
0
Shares

काठमाडौं, २ भाद्र । प्रधानसेनापति अशोक राज सिग्देललाई भारतका विदेश सचिव विक्रम मिश्रीले भेटी सहयोग हस्तान्तरण गरेका छन् । जँगी अड्डामा पुगेका मिश्रीले विभिन्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

भारतबाट नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त भएका लाइट भेहिकल ६, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, व्रिडिङ्ग घोडा ५ तथा सैनिक डग २ गोटा हस्तान्तरण गरिएको हो । प्रधान सेनापति अशोक राज सिग्देललाई विदेश सचिव मिश्रीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली सेनाका उच्च अधिकारीहरु, भारतीय राजदूतावासका सैनिक सहचारीको उपस्थिति रहेको थियो ।

सेनाले यस किसिमको सहयोगले दुई देशबिचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया