१ भाद्र २०८२, आइतबार | August 17, 2025

भारतका विदेश सचिव मिश्री भेटघाटमा व्यस्त


August 17, 2025
166
Shares

काठमाडौं, १ भाद्र । भारतका विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुगेका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि आइपुगेका हुन् ।

मिश्रीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले स्वागत गरेका थिए ।

मिश्री काठमाडौं आएलगत्तै भेटघाटमा व्यस्त छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । मिश्रीले ओलीलाई भारत भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक निम्तो दिएको बुझिएको छ ।

मिश्रीको भ्रमणमा दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ । यिसअघि भारतको विदेश मन्त्रालयले वज्ञप्तिमार्फत् मिश्रीको भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया