पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई प्रहरीले किन बोलायो

काठमाडौं, २७ असार । श्री ५ महाराजाधिराज भन्दै संवाद सचिव फणिराज पाठकका नाममा विज्ञप्ति आउने गरेको त धेरैलाई ज्ञात छ । यो विषयलाई लिएर सरकारले कारबाही बढाएको छ ।
प्रहरीले संवाद सचिव भनिएका पाठकलाई सोधपुछका लागि बोलाएको छ । प्रहरीले डाकेपछि पाठक पनि पुगेका छन् जिल्ला प्रहरी कार्यालय काठमाडौंमा ।
देशमा राजा नभएको र श्री ५ महाराजाधिराज भनी विज्ञप्ति निकालेमा प्रहरीले सोधपुछ गरेको छ । राजा नहुँदा राजाको सचिवालयबारे पनि सरकारले प्रश्न उठाएको छ ।
राजसंस्था अन्तपछि संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द रहेको छैन । तर, पूर्वराजाको सचिवालय अस्तित्वमा छ ।