रहेनन् पूर्वमन्त्री बालाराम घर्तीमगर

ललितपुर, २७ असार । पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको छ । उनको उपचारका क्रममा ललितपुरको बीएण्ड बी अस्पतालमा शुक्रबार निधन भएको हो ।
बालाराम रोल्पामा जन्मिएका थिए । माओवादी सशस्त्र गतिविधि हुनुअघि उनी रोल्पाबाट पटक पटक निर्वाचित समेत भएका थिए । पञ्चायतकालमा पटक पटक मन्त्री बनेका बालाराम बहुदल आएपछि पनि निर्वाचित सांसद हुँदै मन्त्री भएका थिए ।
पञ्चहरुले राप्रपा गठन गर्दा बालाराम संस्थापकमध्येका एक थिए । उनी पछिल्लो समय स्वास्थ्यका कारण निष्कृय थिए ।