३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बादल देखि प्रेम राई समातिने सूचना पाएपछि ओलीको प्रचण्डलाई चेतावनी


0
Shares

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणार्थी प्रकरणमा आफ्ना दलका नेता र निकटस्थलाई नमुछ्न कडा चेतावनी दिएका छन् । उनले आज शनिवार प्रचण्डलाई भेटी यो प्रकरणमा अगाडि बढे भविष्यमा अन्य विषयहरु पनि उठ्ने चेतावनी दिएका हुन् ।

विश्वस्त स्रोतका अनुसार शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बादल र पूर्वगृहसचिव तथा हाल अख्तियारका प्रमुख प्रेम राईलाई समेत कारबाहीको दायरामा ल्याउन लागिएपछि ओली सतर्क भएका हुन् । उनले भविष्यमा माओवादी लडाकुका नाममा लिइएको रकमको फाइललगायत पनि खुल्ने चेतावनी प्रचण्डसम्म पुर्याइसकेका छन् ।

ओलीले यो हप्ता दुईपटक प्रचण्डलाई भेट्न पुगे । दुवै भेटमा उनको नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलका नेताहरु मुछिएको विषयमा चासो राखेको खुलिसकेको छ ।

प्रचण्डले खुलेरै ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले बढाएको काराबाही प्रक्रियाबारे चासो राखेको बताए । उनले सञ्चारकर्मीको प्रश्नमा ओलीले चासो राखेको बताउँदै कुनैपनि दबाबबाट पछि नहट्ने स्पष्ट पारे । यसको अर्थ ओलीबाट दबाब आएको भन्ने हो ।

ओलीले पनि सञ्चारकर्मीको प्रश्नमा घुमाउरो उत्तरहरु दिए । आफू कसैलाई बचाउन लागेको भन्ने हल्लामात्र भएको बताए । तर, के विषयमा कुरा गरेको बताउन चाहेनन् ।
ओली एमाले सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएकोमा गम्भीर छन् । उनले रायमाझीलाई किन पक्राऊ गर्न खोजेको भनी प्रचण्डलाई भेटहरुमा चेतावनी दिन पुगेको बुझिएको छ ।

प्रतिक्रिया