रायमाझीद्धारा बाढीपीडितको उद्दार र राहतमा बिलम्ब नगर्न अपिल

काठमाडौं,२४ असार । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले रसुवा र भोटेकोशीमा बाढीको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन् । सरकारलाई पीडितहरुको उद्धार,राहत र पुनस्थापनामा चाडो भन्दा चाँडो ध्यान दिन रायमाझीले आग्रह गरेका छन् ।
मंगलबार बिहान बाढी पहिरो प्राकृतिक प्रकोपले पुर्याएको क्षतिबाट आफु स्तब्ध भएको भन्दै रायमाझीले जतिसक्दो चाँडो उद्धार र राहतका लागि खटाउन सरकारलाई अपिल गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै उनले लेखेका छन्,“यो विपतको अवस्थामा भागबण्डा दलीय संकीर्णताले सरकार प्रभावित नहोस्। प्राकृतिक विपत्ति बाट उत्पन्न हुन सक्ने विषम परिस्थितिमा प्रत्येक नागरिकले आ–आफ्नो क्षेत्रबाट निस्वार्थ रूपले सहयोग राहत तथा उद्धार कार्यमा जुटौं कुनै पनि दाजुभाइ दिदीबहिनी यो विपत्तिमा बेसहारा नबनुन्।”