२० असार २०८२, शुक्रबार | July 5, 2025

ओलीले स्पेनबाट ल्याएको रियल मेड्रिडको जर्सी


498
Shares

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणबाट फर्किएका छन् । राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि ओली स्पेन पुगेका थिए ।

ओलीले स्पेनमा पुग्दा रियल मेड्रिड क्लबको रँगशालाको भ्रमण गरे । क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलसँग कुराकानी गरे । उनले मिगेलबाट रियल मेड्रिडको जर्सी उपहार पाए ।

ओलीले रियल मेड्रिडका प्रशिक्षक, व्यवस्थापक देखि खेलाडीमध्ये कसैलाई पनि भेट्ने कार्यक्रम रहेन । मात्र मिगेलसँग भेट भयो । ओलीका साथमा पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाललगायत थिए ।

ओली स्पेनमै रहँदा महत्वपूर्ण घटनाहरु भए । सर्वोच्च अदालतले ५२ जना संवैधानिक निकायका पदाधिकारीको नियुक्तिलाई सदर गरिदियो । निजामती विधेयकमा राखिएको कुलिङ पिरियडमा बाहेक शब्द राखेर सहसचिव, सचिव र मुख्यसचिवका लागि सेवानिवृत्त भएलगत्तै महत्वपूर्ण ठाउँहरुमा नियुक्तिको बाटो खोलिदियो ।

प्रतिक्रिया