१९ असार २०८२, बिहिबार | July 3, 2025

अष्ट्रेलियाका आदिवासीको बेलायतीद्वारा आमहत्या गरिएको खुल्यो


581
Shares

एजेन्सी, १८ असार । अष्ट्रेलियाका आदिवासीको आमहत्या गरिएको खुलेको छ । लामो अध्ययनपछि आदिवासीको आमहत्या बेलायतीले उपनिवेशका बखत गरेको खुलेको हो ।

सन् १८३० को सुरुतिर अष्ट्रेलियामा उपनिवेश बनाएको बेलायतले २० वर्षमै भिक्टोरियाको जनसंख्या ६० हजारबाट १५ हजारमा झारिदिएका थिए । यसका लागि उनीहरुले आमहत्याको विभिन्न उपाय अपनाएका थिए । आदिवासीको हत्या, रोग फैलाउने, यौन उत्पीडनका गतिविधि गर्ने गरेका थिए ।

सन् २०२१ मा अष्ट्रेलियामा आयोग नै बनाएर अध्ययन गरिएको थियो । रिपोर्टमा यसलाई आमहत्या भनिएको छ ।

अष्ट्रेलियामा बेलायतको उपनिवेशका क्रममा ठूलो संख्यामा मानिसहरु मारिएका थिए । त्यहाँका आदिवासीहरुको अस्तित्व नै समाप्त पार्ने रणनीति बनाइएका थिए ।

प्रतिक्रिया