३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सराङ्गकोट भुमेकालिकामा ओलि पूजा


0
Shares

काठमाडौं, २२ वैशाख । वैशाख चण्डी पूर्णिमामा भुमेकालिकाको पूजा गरी सो समयमा राखेको चक्र निकालिन्छ जसको कारण अघि चक्र राख्दा भारी वर्षा असिनालाई बाध्ने बालिको सुरक्षा गरेको हो भने अहिले चक्र निकाल्दा वर्षा राम्रो होस् कुनै अनिकाल नआओस, कुनै रोगव्यादी नहोस् र बालिमा कुनै किसिमको रोग नलागोस भनेर चक्र निकालिन्छ ।

कार्तिक पूर्णिमामा भुमेकालिका पूजा गरेर चक्र गाड्ने चलन छ । कुनै पनि असीना विभिन्न किसिमका प्रकोप नपरोस अशान्ति नहोस् भनि वैदिक मन्त्र उच्चारण गरी पूजा पाठ गरी बाधिने चलन छ ।

पहिला भेडोको बलि दिने र गाउׅँका मुखियाहरुले पैसा उठाएर पूजा गर्ने चलन थियो जसमा सराङ्गकोट, ग्यारजाती, वैदाम, सिमलचौर, सेति नदि वारीका सम्पूर्ण मुखियाहरुले पैसा उठाएर भेडो सहित पूजा गर्दथे । अहिले यो पूजामा भेडाको बलि दिने चलन हराएको छ । यसमा सम्पूर्ण गाउँका मानिसहरु भएर पूजा गर्ने चलन छ ।

सराङ्गकोटमा अनिकाल, खडेरी, बाढी, पशुरोग, सलहको प्रकोप भए शिवगौरी, विष्णुलक्ष्मी, इन्द्रायणीको ज्योतिषविद्यानुसार कार्यकाल परीक्षण गरी कोटमा पूजा गरि हातमा जलपात्र लिई आफै माथि खन्याई “हरहर महादेउ पानी देउ, यत्तिले पुगेन थपि देउ, खरानीको डल्ला कति सारो महादेउलाई पानी दिन कति गाह्रो, बालिनालि हराए, पशुहरु कराए, मान्छेजति डराए, हरहर महादेउ पानी देउ” भनी गाउँ टोल घुमी नारा लगाउँथे । गाउँलेले पानी धारा खन्याई स्वागत गर्दथे । त्यति गरेपछि पानी वर्षन्थ्यो ।

सराङ्गकोटबाट सुरु भएको घोष त्यही विर्सजन गरिन्थ्यो, त्यही परम्परा थियो । सराङ्गकोटमा शरदमा खामोजत्रो लिङ्गो गाड्ने र गृष्म ऋतुमा फ्याक्ने परम्परा थियो । ओली पुजारी खलकका झलकराज पहारीले आफ्नो परम्परा र संस्कृतिको संरक्षण गर्न खोजे तापनि अहिले त्यो पूजा गर्न पर्याप्त आर्थिक स्रोतको अभाव रहेको हुँदा पूजा गर्न कठिनाई भएको बताउनुहुन्छ ।

प्रतिक्रिया