प्राकृतिक प्रकोप कि मानव निर्मित संकट

अस्मिन कुमार बिष्ट: नेपाल एक प्राकृतिक रुपमा सुन्दर देश भयएता पनि बर्खायमको बेला पहाडमा पहिरो र तराई क्षेत्रमा बाढी र डुबानका घटनाहरुले सयौंको ज्यान लिन्छ, हजारौं घरपरिवार बिस्तापित हुन्छन् र करोडौंको सम्पत्ति नष्ट हुने गर्छ। यस्ता घटना नयाँ भने पक्कै होइनन्, हरेक वर्ष दोहोरिरहने दुखद यथार्थ हुन्। यस्ता दुस्खद घटनाहरु केवल प्राकृतिक प्रकोप मात्र नभएर प्राय मानव निर्मित संकटहरुले बिपत्ति ल्याएका छन। प्राकृतिक प्रकोप र मानव निर्मित संकट यी दुई संकट अहिलेका लागी महासंकट हुने गर्छन् ।
प्राकृतिक प्रकोप प्रकृतिले सिर्जना गर्ने घटनाहरू हुन् भने मानव निर्मित संकट मानिसका क्रियाकलाप बाट उत्पन्न हुने घटनाहरू हुन । जस्तै भूकम्प, बाढी, पहिरो, चक्रवात, ज्वालामुखी विस्फोट आदि हुनजानु प्राकृतिक प्रक्रियाबाट उत्पन्न हुन्छन् भने मानव निर्मित संकट बाट उत्पन्न हुने जस्तै औद्योगिक दुर्घटना, प्रदूषण, युद्ध, अनियोजित विकास र वातावरणीय क्षति आदि हुन। यस्ता प्राकृतिक प्रकोपहरूलाई पूर्ण रूपमा रोक्न सकिँदैन तर प्रभाव न्यूनीकरण गर्न भने पूर्वतयारी र व्यवस्थापन गर्न सकिन्छ तर मानव निर्मित संकटहरू लाई बेलैमा उचित नीति, नियम र दीर्घकालीन सचेतनाबाट रोकथाम र नियन्त्रण गर्न भने पक्कै सकिन्छ।
हामी प्राकृतिक प्रकोप लाई दोष दिन्छौं तर आजको युगमा मानवले बिकासको नाममा आफै निम्त्याएको मानव निर्मित संकटहरू अझ भयावह बन्दै गएका छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ कि — के आजको संकटहरू वास्तवमै प्राकृतिक प्रकोप हुन् वा हामी आफैले निम्त्याएका विपद् हुन रु यस्ता प्रश्नहरूले हामीलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाउँछन् । पानी पर्नु, बाढी आउनु प्राकृतिक कारण बर्षा हुनसक्छ तर पहिरो जानु, डुबान हुनु भनेको हाम्रो देशको अवस्थामा भने अव्यवस्थित बिकास निर्माण नै प्रमुख कारण बनेको छ। जताततै पहाड काटेर सडक बनाउने, नदी किनार दोहन गर्ने, जथाभावी बस्ती विस्तार गर्ने र वनजंगलको अन्धाधुन्ध फँडानी गर्ने जस्ता कार्यले आफैंमा संकट निम्त्याइरहेका छौं। जबसम्म दीर्घकालीन सोचको बिकास हुदैन तबसम्म हामी आफ्नै कर्ममा फसिरहन्छौ।
नरहरिनाथ गाउँपालिकामा अझै जोखिम
यस वर्ष पनि असारको आगमनसँगै मनसुनको ढोका खुलेको छ। सामान्यतया असारदेखि भदौ अन्तिम सम्मको समय देशका लागि सहज भने हुदैन। कहीं खोला उर्लिन्छ, कहीं पहाड खस्छ त कहीं बस्तीहरू पानीमा डुब्छन्। यस्तै मेरो जन्मभूमि नरहरिनाथ गाउँपालिकामा बाढी र पहिरोको उच्च जोखिममा छ। केहि समय देखी यहाँ पटक–पटक बाढी र पहिरोका कारणले ज्यान गुमाउँदै आएका छन्। पछिल्लो घटनामा रुप्साको काले खोला लाई पहिरोले चिनिन थालेको छ । वि।स। २०१७ साल पहिलो पटक यस ठाउँमा पहिरो गएको थियो भने वि।स।२०७६ सालमा अलि अलि बग्न थालेको पहिरो वि.स. २०८१ सालमा त जम्मै गाउ नै बगाउने गरि पहिरो लागेको छ। हालसम्म भने मानवीय क्षेती त हुन सकेको छैन तर घरखेत भने काम नलाग्ने गरि धरापमा पारेको छ ।
हालसम्म पाँच घर पुर्ण नष्ट भैसकेको छ भने २५ घर भन्दा बढी बस्न नसक्ने गरि धरापमा परेका छन । काले खोला पहिरोको प्रभावले माथी महादेवमाडु स्थान सम्म जोखिम रहेको छ। अर्को भेरे खोला नजिकै नहदेवमाडुमा पनि रोडको कारणले उत्तिकै जोखिम छ। त्यति मात्र हैन प्रत्येक वडामा कहि न कहिँ पहिरोको जोखिममा परेका छन। कत्ति धेरै जोखिमहरु अव्यवस्थित बिकासले गर्दा निम्ताएको देखिन्छ।
ज्यान सहरमा मन जन्मभुमिमा
जब आकाशमा बिजुली चम्केजस्तै आकाश चम्किन्छ र खोला उर्लिन्छ,अनि हाम्रो मनमा एउटा गहिरो डर पैदा हुन्छ। कुन बेला कसरी कता बाट मरिने हो थाहा छैन। हिड्ने बाटाहरु अफ्ट्यारा छन , प्राय घासपात गर्ने हरेक ठाउ भिरालो छ। सम्झिने हो भने जिन्दगी नै धरापमा छ। कत्ति गाउँ घरहरु अझै डरको चपेटामा छन। आज म गाउँमा जन्मिए पनि शिक्षा र कर्मका कारणले सहरमा बस्नु परेको छ। सायद गाउँ हुन्थे भने जोखिम क्षेत्र लाई उचित ब्यवस्थापन गर्न अहिले देखी नै लागिपरिसक्थे होला । आफ्नो गाउँ लाई राम्रो बनाउन कहिले राम्रो कार्यलाई प्रोत्साहन गरे त कहिले गलत कार्यका बिरुद्ध आवाज उठाएर बिरोध गर्नु मेरो दायित्व थियो। तर अहिले ज्यान सहरमा भएपनि मन भने आफ्नै जन्मभूमिमै घुमिरहेको छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी त्यतिकै भनिएको होइन रहेछ।
जनताको मुहान भनेकै स्थानीय तह हो । यही स्थानीय तहले दीर्घकालीन लक्ष्य बोकेर बिकास गर्ने हो भने प्राकृतिक बिपत्ति बाट डराउनु पर्दैन । बरु अहिले अव्यवस्थित बिकाले गर्दा आफै निम्त्याएका मानव निर्मित संकट बाट डराउनु पर्ने देखिन्छ। त्यसैले प्राकृतिक प्रकोप र मानव निर्मित संकट दुवैलाई बुझेर प्रभावकारी रोकथाम र व्यवस्थापन गर्नुपर्छ। अबको ३ महिना हामी सबै अल्छी नगरी यि महामारी बाट बच्न अनुरोध गर्दछु । संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारले यस्ता जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकको ज्युधनको बेलैमा सुरक्षा गर्नेछ भन्ने आशा लिएका छौ ।
बाढीरपहिरो नियन्त्रणका तत्कालीन उपाय
– आफ्नो गाउँघरका माथिल्ला भागबाट गहिरो कुलो काटी पानीको उचित व्यवस्थापन गर्ने।
– कतै जमिन चिरा परेको देखेमा त्यसभित्र पानी नछिर्ने गरी टाल्ने।
– आफ्नो घर तल–माथिको जमिन तथा घरभित्र गहिरो चिरा परेको भएमा तुरुन्त सुरक्षित स्थानमा गएर बस्ने।
– पहिरो गइसकेको ठाउँमा थप क्षति हुन नदिन रोकथामका उपाय अपनाउने।
– हरेक वर्ष विकास निर्माणका काम गर्नुपूर्व यसले पार्न सक्ने असरको पूर्वानुमान गर्न भौगर्भिक अध्ययन गर्ने।
– विपद् व्यवस्थापनका लागि ग्रामीण स्तरमा सूचना केन्द्र स्थापना गर्ने।