इरानमाथि अमेरिकी हमला, परमाणु युद्धको खतरा

एजेन्सी, ८ असार । अमेरिकाले इरानमाथि हमला गरेको छ । इजरायलसँग इरानको युद्ध चलिरहँदा अमेरिकाले पनि हमलामा सहभागिता जनाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु केन्द्रमा आक्रमण गरेको बताएका छन् । उनले तीनवटा परमाणु केन्द्रहरुमा आक्रमण गरेको जनाएका हुन् । आक्रमण गरेका विमानहरु इरान छिरेर पुनः फर्किएको खुलाएका छन् ।
ट्रम्पले अमेरिकी सेना जत्तिको क्षमतावान सँसारमा कुनै सेना नरहेको समेत बताए । उनले इरानलाई प्रत्याक्रमणमा नआउन चेतावनी दिदै शान्तिका लागि अझै समय दिएको समेत बताए ।
अमेरिकी हमलाले सँसारमा परमाणु युद्धको खतरा बढेको छ । इरानसँग निकट सम्बन्धमा रहेका रुस र चीन जस्ता देशले साथ दिने अवस्था बनेमा सँसार भीषण युद्धमा जानसक्छ ।-Photo Source: RT