सेनाले बाढीमा फसेको बसबाट यात्रुको ज्यान यसरी जोगायो

काठमाडौं, ६ असार । बाढीमा फेसका यात्रु जीवन रक्षाका लागि कोकोहाल गरिरहेका थिए । उनीहरुमा रुवाबासी चलिसकेको थियो । यो घटना हो नवलपरासीको विनयी त्रिवेणीस्थित विनयी खोलको बीचमा फसेको बसको । गएराति बाढीमा फसेको बस निकाल्न सेना खटियो ।
प्रहरी समेत पुगेको घटनास्थलबाट सेनाले यात्रुहरुलाई निकाल्यो । स्काभेटरको सहायताले बस भित्र फसेका यात्रुको उद्धार गर्यो । केही यात्रु ज्यानको बाजी लगाएर बाढीबाट निस्किएका थिए ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको रोशी लास्कोट स्थित रोशी खोलामा अबिरल वर्षाले बढेको बहाबको कारण खोलाको किनारामा ग्याबिन जाली बिछ्याउने कार्यको खटिई खोला किनारामा फसेका ५ जना स्थानीयहरुको सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा उद्धार कार्य गरेको छ ।