५ असार २०८२, बिहिबार | June 20, 2025

समाचार हटाउने आदेश खारेज, अब के होला ?


747
Shares

काठमाडौं, ५ असार । जिल्ला अदालत काठमाडौंले यसअघि दिएको समाचार हटाउने आदेश नै खारेज गरेको छ । बिहिबार नेपाल खबर डट कम र बिजमान्डु डट कमले नेपाल धीतोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका विषयमा प्रकाशित समाचार हटाउन दिएको आदेशविरुद्ध निवेदन दिएकोमा यसअघिको आदेश खारेज गरेको हो ।
समाचार हटाउने आदेश जारी गर्ने न्यायाधीश पिताम्बर शर्मा थिए । उनको आदेश न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले खारेज गरेको छ ।

समाचार हटाउने आदेश यसअघि नेपाली पेन डट कमलाई पनि दिइएको थियो । नेपाली पेन डट कमका प्रधान सम्पादक डा. दीपेश केसी र कार्यकारी सम्पादक सचिना बाँनियालाई मुद्दा समेत दायर छ । केसीलाई धरौटीमा छाड्ने आदेश छ । १ असोजका लागि पेशी समेत तोकिएको छ । बीजमाण्डु र नेपाली खबरको समाचार हटाउने आदेश खारेज भएसँगै नेपाली पेनको समाचार हटाउने आदेश र प्रधान सम्पादक केसी र कार्यकारी सम्पादक बानियाँमाथिको मुद्दा के हुने हो चासो बनेको छ ।

यसैगरी, पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहिबार पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीलाई पक्राउ गर्न नपाउने गरी आदेश जारी गरेको हो ।

प्रतिक्रिया