२ असार २०८२, सोमबार | June 17, 2025

इजरायलविरुद्ध मुस्लिम देश एकतावद्ध बनाउन पाकिस्तान सक्रिय


1.5k
Shares

एजेन्सी, २ असार । विश्वमा ५० भन्दा बढी मुस्लिम राष्ट्र छन् । मुस्लिम जनसंख्या मात्र बढिरहेको छैन राष्ट्र पनि बढिरहेका छन् । कतिपय देशहरुले आफूलाई मुस्लिम राष्ट्र घोषणा गरिरहेका छन् । उनीहरुबीच एकतावद्ध भएर अन्य धर्मालम्बी देशहरुसँग जुध्ने रणनीतिहरु पनि बनाउन खोजिएको छ ।

मुस्लिम देशहरुलाई एकतावद्ध बनाउन पाकिस्तान लागिपरेको छ । इजरायलले इरानमाथि हमला गरेपछि पाकिस्तानले मुस्लिम देशहरुलाई एकतावद्ध हुन आव्हान गरेको छ । पाकिस्तानी रक्षामन्त्री खवाजा असिफले इजरायलका विरुद्ध मुस्लिम देशहरुलाई एकतावद्ध हुन आव्हान गरेका हुन् ।

मुस्लिम देशहरु एकतावद्ध नभए अन्य देशहरुमाथि पनि आक्रमण हुनसक्ने औल्याएका छन् असिफले । इजरायलले यमन र प्यालेस्टाइनमाथि पति तारो बनाएको बताए ।

इजरायलले पछिल्लो समय मुस्लिम देशहरुप्रति कडा नीति लिएको छ । उसले पाकिस्तानमाथि भारतले हमला गर्दा पनि समर्थन जनाएको थियो । आतंकवादीलाई लक्षित गरी भारतले पाकिस्तानका अखडामा हमला गरेको थियो ।

प्रतिक्रिया