गृहमन्त्री रमेश लेखकविरुद्धको ग्रान्डडिजाइन यसरी भयो विफल

काठमाडौं, १२ जेठ । गृहमन्त्री रमेश लेखकलाई भिजिट भीसा प्रकरणमा राजीनामा दिन वाध्य पार्ने रणनीति असफल भएको छ । कर्मचारी मुछिएको प्रकरणमा लेखकलाई मुछेर नेपाली काँग्रेसलाई भ्रष्टहरुको पार्टी बनाउने योजना तत्काललाई विफल भएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवाले लेखकलाई राजीनामा दिनबाट रोकिदिएका छन् । लेखकले सोमबार विहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा राजीनामा दिन तयार भएको बताउँदा देउवाले पर्दैन भने । बरु लेखकलाई राजीनामा दिन वाध्य पार्ने योजनामा सहयोगी बनेका काँग्रेसका केही नेताहरुसँग स्पष्टिकरण सोध्ने सोचमा पुगे ।
डा. सशांक कोइरालाले त स्पष्टिकरण सोध्नुपर्नुे माग नै राखे । रमेश लेखकले बैठकमा आफूविरुद्धको षड्यन्त्रको कारणबारे उल्लेख गरे । उनले नेताहरुलाई षड्यन्त्रबारे छर्लंग पारेपछि कतिपय त छक्क नै परे । यसपछि काँग्रेसलाई भ्रष्टको पार्टी देखाउन खोजेको विषयमा गम्भीर भए नेताहरु । अनि लेखकलाई राजीनामा दिन रोक्ने अडान लिन थाले ।
डा. शेखर कोइराला, सुनिल शर्मा र राजेन्द्र बजगाईँसँग स्पष्टिकरण सोध्ने विषय उठेको छ । उनीहरुले गृहमन्त्री लेखकको राजीनामा मागेका थिए । बजगाईँले पर्यटनमन्त्री बद्रि पाण्डेलाई समेत भ्रष्ट भनेका छन् ।
राजावादी गतिविधि १५ जेठबाट बढ्न लाग्दा गृहमन्त्री लेखकलाई बदनाम बनाउन खोजिनुलाई अर्थपूर्ण मानिएको छ । अर्कोतर्फ, लेखकले विगतमा यातायात, श्रम क्षेत्रको भ्रष्टहरुको संगठित गिरोहको जालो नै तोडिदिएका थिए । गृहमा पुगेपछि उनको पालामा सुन तस्करी र विदेशी मुद्रा तस्करकिो संगठित जालो चुडिने गरी पक्राऊहरु भएका थिए ।
रमेश लेखक संगठित गिरोहको तारोमा, क कस्को ग्रान्डडिजाइन