१ जेष्ठ २०८२, बुधबार | May 15, 2025

आतंकवादीलाई प्रश्रय दिएको प्रश्नमा पाकिस्तानी रक्षामन्त्रीले के भने


996
Shares

एजेन्सी, ३१ जेठ । पाकिस्तानले आतंकवादीलाई प्रश्रय दिएको प्रश्नमा त्यहाँका रक्षामन्त्री खवाजा असिफले त्यो विगत भएको जवाफ दिएका छन् । उनले पाकिस्तानमा अहिले भएका भनिएका आतंकवादीले त्यस्ता गतिविधि गर्न छाडेको भने ।

बीबीसीसँगको अन्तवार्तामा असिफले पाकिस्तानमा रहेका भनिएका लस्कर ई तैबालगायत समूहका नेताहरु आतंकवादी गतिविधिमा नरहेको दाबी गरे । आतंकवादी पाकिस्तानमा संरक्षित रहेको प्रश्नमा उनले भने, ‘यो कुनै विगतको कुरा हो ।’

पाकिस्तानमा रहेको भनिएका आतंकवादीहरु कुनैबेला अफगानिस्तानमा अमेरिकाको सहयोगका लागि रहेको उल्लेख गरे । उनले भने, ‘उनीहरु सबै धोइए, हामी चाहिं अझै फोहोरी ?’

जैस ई मोहम्मद जस्ता आतंकवादी संगठनले पाकिस्तानमा वैध तरिकाको कार्य गरिरहेको दाबी गरे । तर, ती संगठनहरु भारतविरुद्ध आतंकवादी हमलाहरुमा संलग्न पाइएका छन् ।

प्रतिक्रिया