देउवासँग भाजपा नेता कोशियारीको भेट

काठमाडौं, २७ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुढानिलकण्ठस्थित देउवानिवासमा भएको भेटमा दुई देशको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ ।
कोशियारीले आतंकवादविरुद्धको लडाईँमा नेपाल र नेपाली काँग्रेसको समर्थनप्रति देउवालाई धन्यवाद दिए । उनले नेपालले भारतलाई समस्या पर्दा साथ दिदै आएकोमा खुशी व्यक्त गरे । दुई देश सुखः दुःखका मित्र भएको भन्दै सम्बन्ध अझ प्रगाढ बनेको बताए ।
कोशियारीले शुक्रबार साँझ उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटेका थिए । भेटमा दुई देशको सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ ।