कक्षा १२ को परीक्षा

काठमाडौं, २१ वैशाख । दश दिन पछि सरेको कक्षा १२ को परीक्षा सुरु भएको छ । आइतबारबाट परीक्षा सुरु भएको हो ।
परीक्षामा मोबाइल र स्मार्ट घडी निषेध गरिएको छ । ५ लाख ११ हजार परीक्षार्थीले देशभर एकसाथ परीक्षा दिएका हुन् ।
११ वैशाखबाट सुरु हुनुपर्ने परीक्षा शिक्षक आन्दोलनका कारण सरेको हो । सरेको परीक्षा यसै महिनाभित्र सकिनेछ ।