जम्मु काश्मिरमा आतंकवादी हमलामा नेपालका सन्दीप न्यौपानेसहित २८ तीर्थयात्रीको हत्या

एजेन्सी, १० वैशाख । भारतको जम्मु काश्मिरमा आतंकवादी हमलामा नेपालका सन्दीप न्यौपानेसहित २८ यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेहरु तीर्थयात्री हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना पहलगाममा भएको थियो । बन्दुकधारीले तीर्थयात्रीलाई टाउकोमा गोली हानी हत्या गरेका थिए ।
घटना लश्कर ए तोयबा नामको आतंकवादी संगठनले गराएको बुझिएको छ । घटनापछि विदेशमा रहेका भारतका नेताहरु छोट्याएर फर्किएका छन् ।