शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

काठमाडौं, ८ वैशाख । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएकी छिन् । उनले शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनको २०औं दिनमा राजीनामा दिएकी हुन् ।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा पुगेर राजीनामा बुझाएकी हुन् । एमालेबाट भट्टराई शिक्षामन्त्री बनेकी हुन् ।