‘श्रीराम’ ले गरे पशुपतिनाथ दर्शन

काठमाडौं, ३१ चैत्र । रामायणमा श्रीरामको भूमिका निभाउने अरुण गोविलले पशुपतिनाथको दर्शन गरेका छन् । उनले आइतबार पशुपतिनाथको दर्शन गरेका हुन् ।
सपरिवार पशुपतिनाथको दर्शन गरेपछि उनले सामाजिक सञ्जालमा आफूले धन्य महशुश गरेको लेखेका छन् । नेपाललाई भगवान महादेवको पुण्य भूमि भन्दै आध्यात्मिक शान्ति महशुश गरेको लेखेका छन् ।
जनजाति कल्याण आश्रमले सञ्चालन गर्दै आएको आमाको माया छात्रावासको १५औं वार्षिकोत्वसमा विशेष अतिथिका रुपमा सहभागी हुन अरुण गोविल नेपाल आएका हुन् ।