१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

राजावादी आन्दोलनमा ज्यान गुमाएका सविन महर्जनको अन्त्येष्टि


2.5k
Shares

काठमाडौं, १९ चैत्र । राजावादी आन्दोलनमा ज्यान गुमाएका किर्तिपुरका सविन महर्जनको मंगलबार अन्त्येष्टि गरिएको छ । तीनकुनेमा गोली लागी ज्यान गुमाएका उनको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा सम्पन्न भएको हो।

त्रिवि शिक्षण अस्पतालमा आजै उनको शवको पोस्टमार्टम गरिएको थियो। रिपोर्ट अनुसार उनको कोखमा गोली लागि ढाडबाट निस्किएको थियो ।

यसैगरी, पत्रकार सुरेश रजकको पोष्टमार्टम अघि एक्स रे गर्नुपर्ने भन्दै रोकिएको छ । गोली लागेको हल्लापछि उनको एक्स रे गर्न चिकित्सकले भनेका छन् ।

प्रतिक्रिया