१८ चैत्र २०८१, मंगलबार | April 2, 2025

गणतन्त्रवादी भर्सेस राजावादी, देश मुठभेडतर्फ


830
Shares

काठमाडौं, १५ चैत्र । देशमा गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन चल्न थालेको छ । राजावादीले सडक तताउन थालेपछि गणतन्त्रवादी पनि शक्ति प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार गणतन्त्रवादीले भृकुटीमण्डलमा शक्ति प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चा नाम दिइएको प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एसलगायत दल सहभागी हुँदैछन् ।

राजावादीले दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा प्रदर्शन गर्दैछन् । यसरी नै प्रदर्शन हुन थालेकाले देशमा टकराव बढ्न थालेको छ ।

देशलाई मुठभेडतर्फ लगिएको छ अहिले । गणतन्त्रवादी र राजावादीमा देश ध्रुवीकृत बन्दै गएको छ ।

प्रतिक्रिया