४ चैत्र २०८१, मंगलबार | March 18, 2025

राजावादीमा भाँडभैलो, अब के होला ?


1.7k
Shares

काठमाडौं, ५ चैत्र । राजा फर्काउने आन्दोलन समिति बनाउने देखि रणनीति बनाउने सम्मको खेलमा पूर्वराजा ज्ञानेन्द्र शाहले चासो बढाएका छन् । सक्रिय राजतन्त्रमा जसरी नै राजावादीहरुमा पूर्वराजाले आफ्नो स्वार्थ देखाएका हुन् ।

राजा फर्काउने आन्दोलन समितिको कमाण्डर पूर्वपञ्च नवराज सुवेदी बनाउँदा राजेन्द्र लिङ्देन र कमल थापाले आफूहरुसँग छलफल नै नभएको बताएर असन्तुष्टि जनाइसकेका छन् । दुवैले समितिमा आफूहरु नभएको सार्वजनिक रुपमा भनिसके ।

राजावादी अर्का नेता केशरबहादुर बिष्टले पनि समितिमा बस्न अस्वीकार गरे । तर, लिङ्देनकै दलका पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समितिमा छन् । उनीहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

राजावादी आन्दोलनको समितिमा पूर्वपञ्च हरिबहादुर बस्नेत पनि छन् । राजावादी बनेका राजावादी बनेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँ र रमा सिंह पनि समेटिएका छन् ।

आन्दोलनका लागि ५ जनाको सल्लाहकार समिति पनि गठन भएको छ । जसमा डा. जगमान गुरुङ, बुद्धिराज बज्राचार्य, डा. शास्त्र तत्व पन्थ, डा. राजेश अहिराज र खेमराज सेढाई छन् ।
कतिपय नामहरुबारे राजावादीमै बिमती छ । यसले पूर्वराजाको पक्षमा हुने भनिएको आन्दोलनबारे नै आशंका बढेको छ ।

एकले अर्कालाई अस्वीकार गर्ने राजावादीहरुको परिपाठी चल्दै आएको छ । विभाजित अवस्थामा छन् राजावादीहरु ।

प्रतिक्रिया