१ चैत्र २०८१, शनिबार | March 16, 2025

हिन्दू स्वयंसेवक संघका वरिष्ठ प्रचारक डा. शंकरराव तत्ववादीप्रति श्रद्धाञ्जली अर्पण


415
Shares

काठमाडौं, २ चैत्र । हिन्दू स्वयंसेवक संघका वरिष्ठ प्रचारक डा. शंकरराव तत्ववादीको श्रद्धाञ्जलीसभा भएको छ । शनिबार संघको केन्द्रीय कार्यालय गौरीघाट केशवधाममा श्रद्धाञ्जली सभा भएको हो । सभामा उहाँको जीवन स्मरण एवं उहाँप्रति पुष्पार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सभामा संघका पूर्व अन्तर्राष्ट्रिय संयोजक समेत रहनुभएका तत्ववादीको व्यक्तित्व र योगदानको स्मरण गरिएको छ ।

श्रद्धाञ्जली सभामा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक कल्याणकुमार तिमिल्सिना, सह राष्ट्रिय प्रचारक रेवितकुमार, राष्ट्रिय कार्यवाहक मुरारी निरौलीलगायत संघ विचार परिवारका कार्यकर्ताहरुले डा. तत्ववादीको व्यक्तित्व र योगदानको स्मरण गर्नुभयो ।

९२ वर्षको उमेरमा तत्ववादीको २९ फागुनमा निधन भएको हो । तत्ववादीले हिन्दू समाजको संगठन र सबलीकरणमा अतुलनीय योगदान गर्नुभएको छ ।

प्रतिक्रिया