३ आश्विन २०८१, बिहिबार | September 19, 2024

२ लाख बाँडेर लडाकु रिझाउने प्रचण्डको प्रयास असफल पारिदै


0
Shares

काठमाडौं, १५ वैशाख । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले माओवादी सशस्त्र गतिविधिमा संलग्न भई सेना समायोजनका क्रममा अयोग्य ठहरिएका लडाकुलाई २ लाख प्रति व्यक्ति दिने निर्णय विवादमा परेको छ । उनीहरुलाई रकम दिने सरकारले प्रक्रिया नै बढाइसकेपछि सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट भएका छन् ।

सत्तारुढ दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा देशमा आर्थिक संकट भइरहँदा लडाकुको नाममा दुई दुई लाख बाँड्न गरेको निर्णय गलत भएको बताए । उनले यसबारे प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने बताए ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पनि यो निर्णयलाई अपारदर्शी भनेका छन् । भित्र भित्र लडाकुलाई पैसा बाँड्न कार्यविधि बनाइएको खुलेपछि सत्तापक्षभित्रै विवाद उठेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको विरोध गरिसकेका छन् ।

प्रचण्ड नेतृत्वमा २०५२ देखि २०६३ सम्म चलेको सशस्त्र गतिविधिपछि संलग्न लडाकुको समायोजन भएको थियो । केहीलाई नेपाली सेनामा समायोजन गरी बाँकीलाई अयोग्य घोषित गरी निश्चित रकम दिई समाजमा फर्काइएको थियो । उनीहरुलाई रकम दिने तयारी प्रचण्ड सरकारको पालामा भइरहेको छ ।

प्रतिक्रिया